अत्तरिया :कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ बस्ने २६ वर्षका रमेश चौधरी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार रुपैयाँ जरिबाना सुनाएको थियो । फैसलापछि फरार रहेका चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।


