धनगढी : धनगढीको केजी हस्पिटलले साढे दुई लाखमा हर्नियाको शल्यक्रिया गर्ने भन्दै भर्ना गरेका बिरामीबाट आठ लाख बढि असुल्न खोजेको पाइएको छ । अस्पतालले साढे २ लाखमा शल्यक्रिया गर्ने आश्वासन दिएपछि गौरीगंगा नगरपालिका–१ चनौराका ९० वर्षीय घरथरी चौधरीलाई अस्पताल भर्ना गरिएको थियो । तर, शुरुमा साढे दुई लाखमा शल्यक्रियासहित औषधीको खर्च आउने बताएको अस्पतालले अहिले आएर आठ लाख बढिको बिल आएको भन्दै तिर्न दबाब दिइरहेको छ भने आईसीयूमा राखिएका चौधरीलाई बचाउन सक्ने ग्यारेन्टी पनि दिन नसकिने बताएको आफन्तहरुको गुनासो छ ।
चौधरीका छोरा सन्देश चौधरीले हस्पिटलले दुई दिनदेखि बुबाको अवस्थाबारे समेत जानकारी नदिएको दाबी गरे । अस्पतालका डाक्टर दिपकबहादुर सिंहले साढे दुई लाखमा हर्नियाको अप्रेशन भइहाल्छ भर्ना गर्नुहोस् भनेर भर्ना गरी पैसाँ समेत बुझाई सकेको बताउँदै चौधरीले हाल अस्पतालले चार लाख ७३ हजार थप रकम लाग्ने बताएको जनाए ।
चौधरीले हस्पिटलले पैँसा तिरेपछि मात्र बुवा दिने भन्दै भेट गर्न समेत नदिएको दाबी गरेका छन् । तर हस्पिटलले आफूलाई झुक्याएर भर्ना गरेका कारण मागअनुुसारको पैँसा दिन नसकिने उनको भनाई छ ।