धनगढी : दुई सय वर्षअघि नेपालीहरुले भारतमा ५ सय वर्ष राज्य गर्ने शक्तिशाली मुगल शासकसंग लडेको भिषण युद्ध भने चलनचल्तीको इतिहासमा गुमनाम भएको छ । सन १६०४ मा भएको त्यो भिषण युद्धका भडा धेरै छन् । किंवन्दती र कथा धेरै छन् । लोक संस्कृतिमा गाइने गीतहरु पनि धेरै छन् । युद्ध भएका नायल, तारगढी, सहजपुर गढीमा धेरै अवशेष अहिले पनि बाँकी छन् । नेपाली भूमीमा एकमात्र मुगल दरबारको अवशेष नायलमा अहिले पनि जिवित छ । कञ्चनपुर जिल्लाको कृष्णपुर बंकदेखि जम्मा २२ किलोमिटरमाथि चूरेको मध्य भागमा रहेको गोदावरी नगरपालिका १२ मा पर्ने नायल गढी पुरातात्विक र ऐतिहासिक मात्र होइन प्राकृतिक रुपमा पनि त्यत्तिकै महत्वको रहेको छ । चारैतिर चूरेले घेरिएको उपत्यका जस्तो देखिने नायलमा दक्षिण देखि उत्तर तिर पानी ढाल भएको झण्डै एक किलोमिटर लामो अद्भूत तालले यसलाइ अझ आकर्षक बनाएको छ । कुनै समयका नौ वटा ताल अहिले खेती गर्ने फांटमा परिवर्तन भएका छन् । आंप पनि फल्ने, काफल पनि पाक्ने, सुन्तला पनि फल्ने र चिउरी पनि पाक्ने अद्भूत मौसम भएको गाउंपनि हो नायल ।
पुरातात्विक र ऐतिहासिक दुबै महत्व भएको नायल गढीका बिषयमा धेरैलाइ जानकारी नै छैन । बर्तमान नेपालको सिमा भित्र मुगलकालीन एकमात्र दरवार क्षेत्र भएको यही गाउं हो । मुगलकालीन राजाहरुले तराइ मात्र नभइ प्राचिन मानसखण्ड क्षेत्रका राज्य जित्न दरवार स्थापना गरि राज्य बिस्तार गर्न नपाउंदै डोटेली सेनाले भिषण युद्ध लडेर मुगलहरुलाइ गोमती नदी पारी धपाएका लोक काब्य भडा र डेउडामा अहिले पनि गाइने चलन जिवित रहेको छ । हाल कैलालीको सहजपुर भनेर चिनीने चूरे गाउँपालिका अन्तरगतको यो क्षेत्रमा अहिले पनि नबाबले बनाएको दरबारका अवशेष छन् । यो नायलदेखि पूर्वतिर ४ कोष दुरीमा रहेको छ । लखनउका नबाबका शहजादा बिराम भएपछि सल्लाको जंगलमा बस्न पाए निको हुने सल्लाह वैद्दहरुले दिएका कारण दरवार वनाएर यहां वसेको किंवदन्ती छ । शहजादा निको भएपछि मध्य पहाड देखि हिमालसम्मका दुर्लभ जडीवुटीको लोभमा परेर यो क्षेत्र मुगलहरुले कब्जा गर्न डोटी राज्य माथि आक्रमण गरेका हुन । शहजादा पुर अपभ्रंश हुंदै पछि शहजपुर नामाकरण भएको हो । सहजपुर र नायलको बिचमा मुगलहरुले निर्माण गरेको अर्को तारा गढी छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ मा पर्ने चाप सल्ली गाउंसंगै जोडिएको तारा गढीमा धेरै अवशेष भेटाउन भने सकिदैन ।
नायल गाउंमा रहेका धेरै पुरातात्विक अवशेषहरुपुरिइसकेका छन । गाउं देखि उत्तर पट्टीको टाकुरामा रहेको मुगलकालीन दरवारको अवशेष मध्ये केही पुरीएका ढुंगा वाहेक केही छैन । तर टाकुरावाट नायल तालसम्मको झण्डै डेढ किलोमिटर लामो गुफा अहिले पनि उस्तै छ ।
नायलमा भएको त्यो भिषण युद्धमा डोटेली फौजसंगै देउता पनि लडेका कारण मुगलहरु हारेका हुन भन्ने लोक मान्यता अहिले पनि कायम छ । बिशाल मुगल साम्राज्यलाइ सानो डोटी राज्यको फौजले जित्न असम्भव थियो तर डोटेली फौजसंग अप्रत्यक्ष रुपमा स्थानीय देवी देउता, यक्ष , किन्नर र पिजाशहरु प्नि लडेका कारण डोटेली फौजले युद्ध जितेको हो भन्ने किंवदन्तिहरु अहिले पनि सुन्न पाइन्छ । लोक काब्य भडामा पनि नरसंगै देउ लडे डोटी दरवारको भन्ने उल्लेख छ । राजा र देवताबिचको लडाई पछि ताल बनेको पुरातात्तिक इतिहाँस नायल तालको छ । राजाले मासु बिना खाना नै नखाने र जंगलका जनावरहरू सकिए पश्चात् सेनाहरूले मानिस काटेर भए पनि राजाको भोक मेटाउने गरेको इतिहास रहेको स्थानिय बताउँछन् । माशु पल्केको राजाले जनावर सकिएपछि मानिस समेत खान शुरु गरेर राक्षस बनेपछि राक्षस मार्न देवताको खोजी भएको इतिहाँस स्थानिय सुनाउँछन् । ति राक्षस मार्न स्थानिय महिलाहरुले घण्टेश्वर देवतालाई बोलाएपछि यस क्षेत्रमा देवता र राक्षस बिच लडाई भएको इतिहाँस रहेको स्थानिय पदम बहादुर खत्री बताउँछन् । सो लडाइमा राक्षस बनेको राजालाई मारेर मानिस र देवताको बिजय भएको उनको भनाई छ । यस्तो विचित्र इतिहास भएको नायल ताल हाल संरक्षण अभावमा ओझेलमा छ । झन्डै एक किलोमिटर लम्बाइ भएको ताल ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ ।
चारैतिर डाडाँकाडाले घेरेको निकै आकर्षकका रूपमा देखिने नायल तालमा सरकारको ध्यान पुग्न सकेको छैन । प्राकृतिक सौन्दर्यताले भरिभराउ भए पनि संरक्षण र संवर्द्धन नहुँदा तालको अस्तित्व गुम्दै गएको छ । बर्खामा डाडाँहरुबाट आउने भेलले बर्सेनि ताललाई पुर्दै लगिरहेको छ स्थानिय थान बहादुर बोहराले भने “त्यति मात्रै नभई बर्खाको भेलका कारण तालमा पानीको बहाव बढी हुँदा तालको बाँध समेत भत्किने गरेको छ, जसका कारण तालमा भएको पानी पनि कम हुँदै जान थालेको छ ।” नायल तालको संरक्षणका लागि आरसिसी सहितको बाँधको आवश्यकता रहेको छ अर्का स्थानिय हरि दत्त जोशीले भने “नायल तालको संरक्षणका लागि बारम्बार सरकारलाई झकझक्याउँदा पनि सुनुवाइ भएन, वडाको रकमले नायलको बिकासका लागी पर्याप्त नहुने बताउँदै स्थानियले केन्द्र र प्रदेशको ठुलो बजेट नायलमा आउनुपर्छ ।”
नायल ताल क्षेत्र पर्ने गोदावरी नगरपालिका १२ ले पर्यटन बोर्डसंग सहकार्य गरेर लातसम्म पुग्न पदमार्ग निर्माण गरेको छ । यसका साथै ताल खोल्ने कामपनि वडालेनै गरेको थिया । ताल क्षेत्रमा केही तटबन्धन समेत भएको छ । तर बजेट अभावकै कारण यस क्षेत्रमा आवश्यक पर्ने संरचना र यसको प्रचार प्रसार हुन सकेको छैन । नगरसँगको समन्वयमा तालको डिपिआर तयार गरिसकेको जनाइएको छ । अब प्रदेश र संघबाट यस क्षेत्रका लागी बजेट बिनियोजन हुने आशमा वडा अध्यक्ष भिम बहादुर खड्का छन् । यि निकायबाट बजेट प्राप्त भए नायलको बिकासमा फड्को मार्ने अपेक्षा लिइएको छ । खड्काले तालको संरक्षण गर्न जरुरी रहेको बताए । उनले बर्खाको भेलले तालको अस्तित्व खतम हुन सक्ने भएकाले ताल बचाउन आवश्यक रहेको बताए । उनले नायल तालमा प्रदेश स्तरमा मन्त्री, मुख्यमन्त्रीहरूको उपस्थिति भैसकेपनि बजेट भने पर्न नसकेको बताए । ‘प्रदेशका मन्त्री, मुख्यमन्त्रीहरू यहाँ आएर तालको अवलोकन गरेर गइसक्नुभएको छ’ उनले भने ‘तर हालसम्म पनि प्रदेशबाट अलिकति पनि बजेट नायल तालको लागि पर्न सकेको छैन ।’
धार्मिक तथा पर्यटकिय हिसाबले निकै सम्भावना भएको नायल तालमा सरकारी लगानी निकै न्युन छ । वातावरणिय हिसाबले समेत निकै रमणिय यस क्षेत्रमा आवश्यक संरचना संगै तालको संरक्षण तथा प्रचार प्रसार गर्न सके यहाँ धार्मिक पर्यटकहरुको ओइरो लाग्ने देखिन्छ । थप निर्माणधिन बकं, नायल, बुडर सडकखण्ड स्तरोन्नती तिब्र भए नायल क्षेत्रको भविश्य निकै उज्वल छ ।