धनगढी : धनगढीको एरिस्टो बोर्डिङ स्कुलको बार्षिकोत्सवमा पुर्व बिद्यार्थी देखी समाजसेवीहरुलाई सम्मान गरिएको छ । स्कुलको ३१ औँ बार्षिकोत्सवको अवशरमा बिभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको हो । स्कुलले दृष्टी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्ट, १ सय ४ पटक रक्तदान गर्ने दिपक उपाध्याय, पुर्व शिक्षक भरत चन्दलाई सम्मान गरेको हो । यस्तै एरिस्टोमा माध्यमिक तह अध्यायन गरी हाल चिकित्सा क्षेत्रमा कार्यरत निशर्ग अस्पतालका डा.नविन ढुगांना, डा.रुपेस भण्डारी, डा.बिजय कार्की र डा.सर्मिला सिहंलाइपनि सम्मान गरिएको छ ।
बार्षिकोत्सवकै अवशरमा स्कुलका स्कुलकी संयोजक योगमाया देवी कुँवर, माबी संयोजक दीर्घ भण्डारी, एस ई ई २०७९ मा सुदुरपश्चिम प्रथम भएकी ग्यालेक्सी स्कुलकी छात्रा नितु बिस्ट, एरिस्टोकै शिक्षक मधु क्षेत्री, शुरज न्यौपाने, ललिता कुमारी रावत मण्डल, रजनिस कुमार दिक्षित सम्मानित भएका छन् । यस्तै उत्कृष्ट शिक्षक र कर्मचारीमा दर्शन थापा, मिना चौधरी, कलावती चौधरी र महेस बोहरा सम्मानित भएका छन् । स्कुलकी संस्थापक शान्ति अधिकारी क्षेत्रीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव समारोहमा सुदुरपश्चिमका सभामुख भिम बहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए ।



