धनगढी : धनगढीको डिलाइट बोर्डिङ स्कुलको २६ औँ बार्षिकोत्सवमा ४ जनालाई सम्मान गरिएको छ । बार्षिकोत्सवको अवशरमा बरिष्ठ साहित्यकार यज्ञराज यात्री, उशु प्रशिक्षक रतन खाती, मानव सेवा आश्रम र बिद्यालयमा अध्यायनरत छात्रा बिवेचना नाथलाई सम्मान गरिएको हो । ३ बिदा सामाजिक क्षेत्रमा र एक बिधा उत्कृष्ठ बिद्यार्थीका रुपमा सम्मान गरिएको हो । बिद्यालयमा अध्यायनरत छात्रा नाथलाई नगद ५ हजार सहित सम्मान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.लोक बिष्टले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
स्कुलका संस्थापक बद्री रिजालको अध्यक्षतामा आयोजित बार्षिकोत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिका ८ का सदस्य बिष्णु राज जोशी, ट्रेड युनियन सुदुरपश्चिम प्रदेशका अध्यक्ष ज्ञानेन्द्र शाह, प्यावशन धनगढीका अध्यक्ष नरेन्द्र सिहं, गुरुकुल एकेडेमीका संस्थापक दिपब सुरी, शिवनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेस खाती लगायतको उपस्थिती थियो ।



