धनगढी : कञ्चनपुर क्षेत्र नम्बर ३ (क) बाट निर्वाभिचत प्रदेशसभा सदस्य बेलबहादुर राना मगरलाई सुदुरपश्चिमको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेको भन्दै फेसबुकमा बधाई दिनेको ओइरो लागेको छ । नेपाली काग्रेंसका नेता समेत रहेका राना मगरलाई बधाई दिनेको ओइरो नै लागेको हो । फेसबुकमा बधाइको ओइरो लागेपनि उनि राज्यमन्त्री भइसकेका छैनन् । उनलाई प्रदेशको भौतिक पुर्वाधार बिकास राज्यमन्त्री बनेको भन्दै बधाई आइरहेका छन् । तर सामाजिक सञ्जालमा आएजस्तो राना मगर राज्यमन्त्री बनिसकेका हुछैनन् ।
उनलाई राज्यमन्त्री बनाउने कुरा कांग्रेसभित्र चलेको भएपनि अहिलेसम्म नियुक्त भने भइसकेका छैनन । मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले उनी राज्यमन्त्रीमा नियुक्त नभएको जनाएको छ । नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यकाअनुसार आदिवासी, जनजाती समुदायको प्रतिनिधित्व गराउनेगरि राना मगरलाई सरकारमा लैजाने तयारी रहेको बताए । तर पदमा नियुक्त नहुँदै राना मगरलाई भने बधाई खान भ्याइनभ्याइ छ ।


