धनगढी : धनगढीको मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । समितिले आज धनगढी उपमहानगरपालिका ४ तारानगर स्थित आफ्नै कार्यालयमा सातौँ रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमबाट ४३ पिन्ट रगत संकलन भएको समितिका सचिव तथा रक्तदान कार्यक्रम संयोजक जनक सिहं सामन्तले जानकारी दिए ।
हाम्रो बार्षिक कार्यक्रम अन्तरगतको यो रक्तदान कार्यक्रम हो संयोजक सामन्तले भने “१ सय ५ पिन्ट रगत संकलन गर्ने हाम्रो लक्ष थियो तर प्रतिकुल मौसमका कारण त्यो लक्ष पुरा गर्न सकेनौँ, यस्तो पानी परेको बेला समेत रक्तदान कार्यक्रममा सरिक भइदिनुभयो, म कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, बिद्यार्थी, समाजसेवी, बुद्धिजिबी, समाजमा आबद्ध सम्पुर्ण सदस्यहरु लगायत कार्यक्रममा सरिक हुनुभएका सबै जनालाई धन्यवाद दिन चाहान्छु ।” आजै भजन कार्यक्रमपनि आयोजना गरिएको थियो । भजन मण्डलीका संयोजक चन्द्र देव बिष्टको नेतृत्वमा भजन आयोजना गरिएको थियो ।

आजै डेउडा कार्यक्रम समेत गरिएको सचिव सामन्तले जानकारी दिए । समितिका कार्यबाहक अध्यक्ष कालु सिहं धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभम सदस्य तथा नेपाली काग्रेंसका प्रमुख सचेतक बिक्रम सिहं धामी, सेती अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, जग्गा दाता नारायण प्रसाद भट्ट, समितिका संस्थापक अध्यक्ष राजेन्द्र सिहं सामन्त लगायतको उपस्थिती थियो । समितिले रक्तदान संगै, योगा, स्वास्थ्य शिविर लगायत बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।


