बैतडीमा एक यस्तो बिद्यालय छ, जहाँ राजनिति गिजोलिएको छ । राजनितिकै कारण बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ सिउँडे स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिद्यालयको अस्तित्व समाप्त हुँदै छ । पुर्खाहरुले निकै संघर्ष गरेर स्थापना गरेको यो बिद्यालयको अस्तित्व राजनितिकै कारण समाप्त हुन लागेको हो । जसको ज्वलन्त उदाहरण हो बालबालिकालाई पढाउन ह्वाइट बोर्ड । केही दिनयता सो बिद्यालयको भ्वाङ परेको ह्वाइट बोर्ड भाइरल बनेको थियो । शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले सो बिद्यालयको अनुगमन गरेको थियो । अनुगमन पछि एक जनाले सो ह्वाइट बोर्डको फोटो सामाजिक सञ्जालमा राखेपछि भाइरल बन्यो । ति तस्बिरहरुमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ह्वाइट बोर्ड च्यात्तिएको देखिएको थियो । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बन्यो ।
तस्विर भाइरल बन्दासम्म न बिद्यालयले नयाँ ह्वाइट बोर्ड किन्न सक्यो न स्थानिय सरकारले नै । बोर्ड फेर्न समेत कुनै निकाय न तातेपछि जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी युवा बिनोद बहादुर विष्टको सहयोगमा पुरानो बोर्ड फेरिएको छ । सो तस्बिर देखेपछि आफुले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए । उनले भारतबाट पठाएको पैंसाबाट तीन ओेटा ह्वाइट बोर्ड र एक दर्जन मार्कर खरिद गरेर मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टको उपस्थितिमा विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर विष्टलाई ह्वाइट बोर्ड र मार्कर हस्तान्तरण गरिएका हुन् ।