धनगढी : नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले आइतबार कैलालीको सुख्खडमा आयोजित एमाले कैलालीको नवौँ अधिवेशनलाई सम्बोधन गरे । अधिवेशनलाई उद्घाटन गर्दै सम्बोधन गरेका अध्यक्ष ओलीले सकेसम्म चुनावी प्रक्रियामा नजान निर्देशन दिएका थिए । एक टिम हार्ने हो एक टिम जित्ने हो हार्ने टिम किन खाली चुनावी प्रक्रियामा गएर हार ब्यहोर्नुहुन्छ उनले भने “पार्टीमा छलफल गरेर सहमतीबाटै नेतृत्व चयन गर्नुस, होइन सहमती हुने सम्भावना छैन भने, आजै साँझबाट चुनावी प्रक्रिया थाल्नुस र भोलीभित्र नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्नुस, खाली लम्ब्याई राख्न जरुरी छैन, अनी जित्नेले हिपि हिप हुर्रे गर्ने होइन, हार्नेले हरेस खाने होइन, दुइटै मिलेर पार्टी बनाउने हो ।” अनी कसैले अध्यक्ष ओलीको उम्मेद्वार हुँ भन्दै मत पनि माग्नु हुन्छ होला उनले भने “मेरो ब्यक्तीगत उम्मेदवार कोही हुँदैन, सके सहमती गर्नुस होइन भने स्वच्छ प्रतिस्प्रधा गरेर चुनावी मैदानमा जानुस, ढिला नगर्नुस ।”
तर अध्यक्ष ओलीले दुई दिनभित्रै अधिवेशन सम्पन्न गर्न दिएको निर्देशन बिपरित आज तेश्रो दिनसम्म न सहमती भएको छ, न निर्वाचन प्रक्रियानै अगाडी बढाइएको छ । हालसम्म निर्वाचन कमिटिलाई प्रक्रिया अगाडी बढाउन भनिएको छैन । निर्वाचन कमिटिका मान बहादुर जोराले हालसम्म पार्टीबाट निर्वाचनका लागी कुनै जानकारी नआएको बताए । हामीलाई प्रक्रिया अगाडी बढाउनुस भन्ने बित्तिक्कै हामी शुरु गर्छौँ उनले भने “हालसम्म केही अगाडी बढेको छैन, हुन्छ, हुन्छ भन्नुहुन्छ तर हामीलाई हालसम्म चुनावी प्रक्रियाको जिम्मा आइसकेको छैन ।” एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिको अधिकतम प्रयास भइरहेकाले समय लागेको प्रतिक्रिया दिए । ‘हामीले ढिला गरेका छैनौँ । सहमतिबाट नेतृत्व चयन गर्दा तीन दिन र निर्वाचन प्रक्रियामा जाँदा ५ दिनसम्म लाग्न सक्छ,’ उनले भने, ‘उम्मेदवारहरूबीच छलफल गर्दा एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्था नदेखिएपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउँछौं,’ ठगुन्नाले भने ।
हालसम्म चुनावी प्रक्रिया समेत अगाडी बढ्न नसक्दा एमाले कैलालीको अधिवेशन झन लम्बिदै गएको छ । यहि स्थिती रहे आज मतदान समेत नहुने होकी भन्ने आशंका बढेको छ । सुख्खड आएको तिन दिन पुरा हुँदै छ, अहिलेसम्म न सहमती गर्न सकेका छन्, न चुनावी कार्यक्रमनै अगाडी बढाइएको छ, एक नेताले भने “यसरी प्रतिनिधीहरुका समय बर्वाद गर्नुभन्दा चुनावी प्रक्रिया शुरु गरेर चाँडै नयाँ नेतृत्व चयन गर्नुपर्छ, मान्छेहरु घरमा बालबच्चा, गाई बस्तु छोडेर अधिवेशनका लागी आएका छन्, अनी एक हप्तासम्म यहाँ बस्न सबैको कहाँ फुर्सद हुन्छ त ।”
यता नयाँ नेतृत्वका लागी त्रिपक्षित भिडन्त हुने देखिएको छ । बर्तमान कार्यबाहक अध्यक्ष दुर्गा प्रशाद जोशी, बर्तमान सचिव डेजी पाण्डे, निबर्तमान प्रदेश सचिवालय सदस्य यज्ञ ढुगांना अध्यक्षका प्रत्यासी छन् । उनिहरुबिच सहमतीको प्रयास गरिएपनि हालसम्म कुनै निश्कर्ष निस्केको छैन ।
हाल कार्यवाहक अध्यक्ष रहेका दुर्गा प्रशाद जोशीले दाबी नछोडेपछि तिन टिम चुनावी मैदानमा जाने देखिएका छन् । मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना र जिल्ला सचिव डेजी पाण्डेले पनि दाबी छोड्ने कुनै सम्भावना छैन ।


