धनगढी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा फागुन ६ र ७ गते हुने भएको छ।
एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड तोकेको एमाले कैलाली जिल्ला सचिव डेजी पाण्डेले बताए। सचिव पाण्डेका अनुसार पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ अधिवेशनमा झण्डै छ सय प्रतिनिधीहरुले भाग लिने छन्।


