धनगढी : जनताका लागी काम गर्ने मनदेखी कसम खाएका जनप्रतिनिधी जनताका काममा तल्लिन छन् । तर केही नेताहरु कमाउने र देखाउने रणनितिका साथ सरकारको नेतृत्वमा आउन खोज्छन् । यसको ज्वलन्त उदाहरण हो कैलालीको गोदावरी नगरपालिका । २०७४ सालमा एमालेबाट निर्वाचित मेयर हरी सिहं साउँदले आफ्नो नाम सिलालेखमा लेख्नकै लागी नगरपालिकाको प्रशासनिक भवन अधुरै उद्घाटन गरेका थिए भने, बर्तमान काग्रेंसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले पुरानो सिलालेख मेटाउँदै सोही भवन फेरी उद्घाटन गरेर फोहोरी राजनितिक खेल खेलेका छन् । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकिय भवन २०७८ चैत १४ गते तत्कालिन मेयर हरि सिहं साउँदले उद्घाटन गरेका थिए । कार्यकाल सकिन केही दिन बाँकी रहेका बेला तत्कालिन मेयर साउँदले निर्माण कार्य पुरा नहुँदै भवन उद्घाटन गरेका थिए । काग्रेंसको बिरोधका बिच २० प्रतिशत भन्दा बढी निर्माण कार्य अधुरै रहेको भवन उद्घाटन गरेर तत्कालिन मेयर साउँदले आफ्नो नाम सिलालेखमा दर्ज गराए । अधुरो भवन उद्घाटन गर्न नहुने भन्दै बिरोधमा उत्रिएको काग्रेंसले मेयर साउँदलाई उद्घाटन गर्नबाट रोक्न सकेन । तत्कालिन मेयर साउँदले सिलालेखमा नाम लेखाउनकै लागी गरेको अधुरो भवन उद्घाटनको सिलालेख तोडेर बर्तमान मेयर बिरेन्द्र भट्टले राजनितिक प्रतिसोध साँधे । मेयर भट्टले गलत किसिमले अधुरै भवन उद्घाटन भएको भन्दै पुरानो सिलालेख फुटाएर आफ्नो नामको सिलालेख सहित भवन फेरी उद्घाटन गर्न भ्याए ।
नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख वीरेन्द्र भट्टले पुरानो शिलालेख फालेर आफ्नो नामको शिलालेख टाँस्दै भवनको दोस्रो पटक उद्घाटन गरेका छन् । उनले बिहीबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन् । नगरप्रमुख विरेन्द्र भट्टले यसअघि भवन गलत तरिकाले उद्घाटन गरिएको बताएका छन । बिहीबार नगरपालिका भवनको उद्घाटन गर्दै उनले पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको बताएका हुन । ‘हिजो गलत तरिकाबाट भवनको उद्घाटन गरिएको थियो । त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेका थिए’ उनले भने ‘त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएका थिए । हामीले खुला कार्यक्रम गरेर उद्घाटन गरेका छौ ।’
उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निर्णय भएको बताए । ‘हामीले राजनीतिक प्रतिशोध नराखिकन हिजोको मितिमा पूर्व मेयरसापले गर्नुभएका कामहरूलाई धन्यवाद दिदै एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधि सहितको कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निर्णय भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गर्ने भन्ने कुरा भएको थियो ।’ उनले एडिबीले ठूलो रकम खर्चेर भवन निर्माण गरेको अवस्थामा पूर्व मेयर नाम लेख्न आत्तिएको बताए । उनले हाल सबै दलहरु सँग समन्वय गरेर भवन उद्घाटन गरिएको बताए । उनले भने ‘हामीले सबैसँग सरसल्लाह गरेर भवन उद्घाटन गरेका हौ । हामीले यस क्षेत्रमा राजनीति गर्ने दलहरु संग पनि समन्वय गरेर अगाडि बढेका छौ ।’ उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्ने बताए ।
यसैबिच नगर प्रमुख भट्टको कडा विरोध भइरहेको छ । नामको राजनीति गरेको भन्दै यहाँको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मात्रै होइन सर्वसाधारणले समेत विरोध जनाइरहेका छन् । विरोधमा एमालेले नगरपालिका घेराउ समेत गरेको थियो । तत्कालिन मेयर हरि सिहं साउँदले उद्घाटन गरेको भवनको सिलालेख समेत फुटाएर बर्तमान मेयरले फेरी भवन उद्घाटन गरेपछि एमाले बिरोधमा छ । उद्घाटन कार्यक्रमका बेला एमालेले नगरपालिका बाहिर नारा बाजी सहित प्रदर्शन गरेको थियो । उद्घाटन भइसकेको भवन फेरी उद्घाटन गरेर बर्तमान मेयरले गलत नजिर बसाउन खोजेको भन्दै पुर्ब मेयरले आपत्ति जनाएका छन् । साउँदले भवन निर्माण भएपछि नै उद्घाटन गरिएको दावी गरेका छन । ‘भवनको पुर्ण रुपमा पेन्टिङ, सिसा जडान भइसकेको थियो । भवनको कम्पाउण्डको काम मात्रै बाँकी थियो’ उनले भने ‘मैले सबै संग सल्लाह गरेर हुन्छ भनेपछि उद्घाटन गरेको हुँ ।’
भवन उद्घाटनमा देखिएको राजनितिक गन्धले दुई पार्टी बिचको बिवाद त कायमै छ । बर्तमान नगरको कार्यपालिकापनि बिभाजित भएको छ । एमालेबाट निर्वाचित उप मेयर सहित जनप्रतिनिधीहरुले पनि दोश्रो पटकको भवन उद्घाटन कार्य प्रती बिरोध जनाएका छन् । मेयरले हरेक काममा एकलौटी गर्न खोजेको भन्दै उप मेयर सहित एमालेका जनप्रतिनिधीहरुले आगामी कार्यक्रम सञ्चालनमा बाधा आउने उप मेयर सारदा रोकायाले चेतावनी दिएका छन् ।
सो भवन एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत निर्माण भएको थियो ।


