धनगढी : नेपाल यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज कुमार सिटौलाले यातायात क्षेत्रको मुद्धा सम्बोधन नभए सरकार बिरुद्ध आन्दोलनको आँधी बेहरी आउने चेतावनी दिएका छन् । बिभिन्न कार्यक्रमका लागी धनगढी पुगेका सिटौलाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै यातायात क्षेत्रका समस्या हल गर्नका लागी सरकार उदासिन बने आन्दोलनका आँधी बेहरी ल्याउने चेतावनी दिएका हुन् । हामीलाई सरकारले प्रा.ली मा ल्याएरै यातायात क्षेत्रलाई धुजा धुजा गर्न खोजियो त्यो बेला हाम्रो आन्दोलन जारी रहेपनि बिभिन्न समयमा भएका सम्झौताबाट हामी आन्दोलनबाट पछि हटेका थियौँ बरिष्ठ उपाध्यक्ष सिटौलाले भने “हामीसंग सहमती गर्ने तर माग सम्बोधन नहुने परिपाटी कायमै छ, त्यो समस्या मात्रै होइन यातायात क्षेत्रका समग्र समस्या सम्बोधनका लागी सबै नेतृत्वकर्ताहरुलाई अवशगत गराइसकेका छौँ, अहिले नेतृत्व गरिरहेका प्रधानमन्त्री र गृहमन्त्री हाम्रा समस्या बारे निकै जानकार हुनुहुन्छ तरपनि हाम्रा मुद्धा सम्बोधन भइरहेका छैनन्, त्यस कारण हामीले आन्दोलनको आँधी बेहरी ल्याउनु नपरोस ताकी त्यस अघीनै सरकारले हाम्रा माग सम्बोधन गरोस हामी चाहान्छौँ ।”
एकातिर इम्बोस्ट नम्बर प्लेटका नाममा यातायात ब्यवसायीलाई दुख दिएको छ, अर्को तर्फ कर माथी कर थपेको छ उनले भने “यति मात्रै होइन यातायात ब्यवस्था ऐन बिपरित हाम्रा चालकहरुलाई कार्वाही गरिदैछ, दुर्घटना भए बिमा बमोजिम क्षतीपुर्ती दिइनुपर्ने नियम बिपरित राज्यकै संलग्नतामा २० लाख सम्म क्षतीपुर्ती र एक करोडसम्म उपचार खर्च तिर्न बाध्य पारिएको छ, यसको जिम्मेवार को हुने, किन हामीमाथी दिनप्रतिदिन दमन भइरहेको छ, सडकको स्थिती सय बर्ष पुरानै छन्, सवारी साधन २० गुणाले बढ्दै छन्, अनी दुर्घटनाको जिम्मेवार चालकलाई बनाइदै छ कस्तो न्याय हो सरकार ।”
बाटो बाटोमा ट्राफिक प्रहरी राखेर यातायात मजदुर र ब्यवसायीहरुलाई संकटकालको झल्को दिइदै छ उनले भने “हामीहरु माथी के गर्न खोजिएको हो, बिभिन्न बाहानामा बाटोभरी पैँसा अशुल्ने परिपाटी रोकिएको छैन, यातायात क्षेत्रले देशको अर्थतन्त्रलाई कति धानेको छ यो हेर्ने की बिना कारण च्याप्न खोज्ने, यस्ता थुप्रै समस्या छन्, ति समस्या सम्बोधन नभए हामी चाँडै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौँ ।”


