धनगढी : सुदुरपश्चिम प्रदेशका सभुमख भिम बहादुर भण्डारी सहितको टोली माओवादीका मन्त्रीहरु फिर्ता बोलाउनुपर्ने माग सहित बालुवाटार पुगेको थियो । गत जेठमा माओवादीका तर्फबाट नियुक्त भएका सामाजिक बिकास मन्त्री झपट साउँद र उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीलाई हटाउनुपर्ने भन्दै सभामुख भण्डारी, राज्यमन्त्री गिता माल सतिह माओवादीका सांसदहरु बालुवाटार पुगेका थिए । उनिहरुले सरकार सुस्ताएका कारण दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्नुपर्नेमा जोड दिएका थिए । सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्री पुस्पकमल दाहाललाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका हुन् । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरे ।
शनिवार दुई मन्त्री र बाँकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनीहरुले त्यस क्रममा तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा जोड दिए । ‘सरकार निकै सुस्त भयो । हाम्रो पार्टीबाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन ’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भने ‘हाम्रा मन्त्रीलाई फिर्ता बोलाउन र सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ ।’ भेटमा अहिले सम्म विषयगत समिति गठन हुन नसकेको, सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा पनि निष्क्रिय भएको र जनतामा असन्तुष्टिहरू बढ् थालेको समेत प्रधानमन्त्रीलाई माओवादी सांसदहरूले बताएका थिए ।
सभामुखनै मन्त्री हेरफेरमा सक्रिय भएपछि पार्टीभित्रै तथा बाहिरबाट सभामुख भण्डारीको आलोचना भइरहेको छ । सभामुख जस्तो गरिमामय पदमा बसेको ब्यक्तीले मन्त्री फेर्नका लागी दौडिरहनुपर्छ र एक माओवादी नेताले भने “मन्त्री नै बन्न मन लागेको भए मन्त्री बन्नुपथ्र्यो नी, अनी सभामुख भएर आफ्नो मर्यादा बिर्सन मिल्छ त, अहिले भिम भण्डारी माओवादीको कुनै कार्यक्रता हुनुहुन्न, उहाँ सभामुख हो सभामुखको काम गरुन, पार्टीको आन्तरिक कुरामा किन हस्तक्षेप गर्नुप¥यो ।” अनी उधोग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री गिता माल आफ्नै मन्त्री हटाइदिनुस भनेर प्रधानमन्त्री कहाँ पुग्नुभयो उनको नैतिकता के हो ति नेताले भने “आफ्नै मन्त्री हटाउन माग गर्ने राज्यमन्त्रीले पहिला आफैले राजिनामा गर्नुपथ्र्यो नी, कस्तो नैतिकताकी राज्यमन्त्री हुन्, आफुले सिन्को भाँच्न नसक्ने अनी मन्त्री हटाउन माग राख्दै प्रधानमन्त्रीकहाँ पुग्ने ।”
अनी पार्टी संसदिय दलका प्रमुख सचेतक समेत रहेका मान बहादुर धामीले सरकार सफल बनाउन सबै दलहरुसंग समन्वय सहकार्य गर्ने हो की मन्त्री हटाइदिनुस भनेर सिहं दरबार धाउने हो पार्टीकै एक नेताले भने “आफु प्रदेशको मन्त्री हुँदा गरेका गलत क्रियाकलाप ढाकछोप नहुने देखेर मन्त्री हटाउन माग राख्दै काठमाण्डौँ पुग्नुभएछ, उहाँको नैतिकता के हो, उहाँले २ बर्ष सरकारमा रहेर चाहीँ के देखाउनुभयो अनी एक बर्ष नपुग्दै मन्त्री हटाउनुस भन्नका लागी कुन आरोप लागेको छ र मन्त्रीहरुलाई कि केही भ्रस्टाचार गरेको छ, कारण त दिनुपर्छ नी, उत्तिकै मन्त्री हटाउ भन्न पाइन्छ ।, ति दुई मन्त्री हटाएपनि अर्का दुई जनानै हुनुहुन्छ होला मन्त्री, अनी अरु त्यसपछि कहाँ जानुहुन्छ, गरिमा बिर्षेका माननियहरु पार्टीको निर्णय बिरुद्ध जान खोज्दै हुनुहुन्छ यसले कसैलाई सफल बनाउँदैन ।”


