दार्चुला। नेकपा एमाले दार्चुला जिल्लाको अध्यक्षमा ज्ञानेन्द्र बहादुर घर्ती निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न ९ औँ जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
पुरै कमिटी सर्वसम्मत निर्वाचित भए । उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, उपसचिव कर्ण बहादुर खडायत र उपसचिव ९महिला०मा कमला पन्त विष्ट निर्वाचित भएका छन् । बुधबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका थिए ।