धनगढी। दार्चुला र अछाममा आगलागी हुँदा क्षती भएको छ। दार्चुलाको नौगाड गाउँपालिका-६ धुलिगडा मझगाँउका जयसिंह धामीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
सोमवार दिउँसो धामीको २ तले ६ कोठे घरमा बिजुलिको तार सट भई आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस्तै अछामको साँफेबगर नगरपालिका पातलकोटमा आगलागी भएको छ। भान्सामा बालेको आगो घर र गोठमा सल्किदा १ वटा गाई र २ वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।