धनगढी : कैलालीको धनगढीमा करियर इन्टरनेश्नल कन्सल्टेन्सी प्रा.ली सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवीरोड पुरानो एयरपोर्ट नजिक करियर इन्टरनेश्नल कन्सल्टेन्सी प्रा.ली सञ्चालनमा आएको हो । जापानमा लामो समय काम गरेर फर्किएका दुई जना युवाहरुले कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् । जापानमा ८ बर्ष अध्यायन र कामको अनुभव लिएर नेपाल फर्किएका गोबिन्द कुँवर र ३ बर्ष जापानमै बसेर फर्किएका रमेश ठगुन्नाले सो कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् ।
आज एक कार्यक्रमका बिच पुर्व मन्त्री तथा सुदुरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् । प्रदेशसभा सदस्य सोडारीले ब्यवसायिक सफलताको सुभकामना दिदै सुलभ अनी सुरक्षित कल्सल्टेन्सीका रुपमा बिकास गर्न सुझाव दिए । कन्सल्टेन्सीका कार्यकारी अधिकृत गोबिन्द कुवरले १० लाखको लागतमा कन्सल्टेन्सी सञ्चालनमा ल्याएको बताए । अहिलेपनि कोरिया जापान जानकै लागी काठमाण्डौँ धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न कन्सल्टेन्सी सञ्चालनमा ल्याएको उनले बताए । यस कन्सल्टेन्सीले बिद्यार्थी भिसा र कामदार बिसामा जानेका लागी भाषा सिकाउनुका साथै भिसा लगाउने प्रक्रिया धनगढीबाटै गरिने उनले बताए । लामो अनुभव भएका प्रशिक्षकहरुबाट भाषा कक्षा सञ्चालन हुने भएकाले ढुक्क भएर करियरमा आउन उनले आग्रह गरे ।
बिद्यार्थीका लागी भिसा लागेपछि मात्रै आवश्यक रकम लिने कार्यकारी अधिकृत कुवरले बताए । उनले सुदुरपश्चिममै पहिलो इन्टरनेश्नल कन्सलटेन्सी रहेको दावी गरे ।


