धनगढी : सयपत्री ढकमक भएपछि धनगढीका पुष्प व्यवसायी उत्साहित भएका छन्। किसानले तिहारलाई लक्षित गरेर रोपेका विभिन्न प्रकारका सयपत्री फूल बारीमा ढकमक फुलेका छन् । धनगढीमा यो वर्ष दुई दर्जन बढी किसानले पुष्प खेती गरेका छन् । किसानहरूले फूल तथा मालाको माग भएमा तिहार तथा अन्य समयमा घरमै सेवा उपलब्ध गराउने भएका छन् । धनगढी उपमहानगरले प्लास्टिकका फुल तथा मालालाई प्रतिबन्ध लगाएपछि स्थानिय फुलको माग बढेसंगै पुष्प व्यवसायी उत्साहित छन् ।
दशैँका बेला बिक्रिपछि तिहारका लागी पुष्प व्यवसायीहरुले तयारी अवस्थामा फुल राखेका छन् । किसानहरूले धनगढीमा उत्पादित फूल प्रयोग गरेर आफूहरूको व्यवसायलाई प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । धनगढी उपमहानगरपालिकाले पुष्पखेतीको तालिम दिएका २६ जनामध्ये अधिकाशंले फुलखेती गरिरहेका छन् । उपमहानगरले तालिम संगै नगरभित्र प्लास्टिकका फुल र माला प्रतिबन्ध लगाएपछि स्थानिय उत्पादनले बजार पाएको छ । फुल उत्पादन अनुसार माग बढेपछि उनिहरुलाई बजारसम्म प¥याउन सहज भएको छ । फाट्टफुट्ट तिहारका लागि फूलको अर्डर आइरहेको भए पनि उत्पादित सबै फूल बिक्री नभएर लगानी खेर जाने पो हो कि भन्ने चिन्ता किसानहरूमा छ । धनगढी उपमहानगरपालिका र उपमहानगरपालिका झै प्लास्टिकबाट बनेका फूल र माला खरिद बिक्रीमा अन्य पालिकाले पनि प्रतिबन्ध लगाए उत्पादित फूल सजिलै बिक्री हुने आशा किसानहरूले गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले यो वर्ष हामी २६ जनालाई फूल खेती सम्बन्धी तालिम दिएको थियो । यो वर्ष पुष्पखेती सम्बन्धी तालिम लिएका २६ जना किसानमध्ये हरेकले कम्तिमा दुई कट्ठा र बढीमा डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् । दशैंदेखि किसानहरूले फूल बिक्री गर्न थालेका छन् । उपमहानगरले स्थानियको ब्यवसायलाई प्रबद्र्धन गर्न तालिम दिएर पुस्प खेतीलाई प्रोत्साहन गरेको हो । उपमहानगरले दशैँ तिहारका लागी मात्रै नभएर हरेक औपचारिक रुपमा आयोजना हुने कार्यक्रममा समेत खादालाई निस्तेज गर्दै सयपत्रीको माला प्रयोगलाई निरन्तरता दिने जनाएको छ । यसले स्थानिय उत्पादनको प्रोत्साहनका साथै सफा धनगढी बनाउने अभियानले समेत सफलता पाउने अपेक्षा गरिएको छ ।
किसानहरूलाई तिहारमा फूलको माग उच्च भएको समयमा भारतबाट थोरै सस्तोमा आउने फूलले बजार कब्जा गर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । भारतीय फूलभन्दा धनगढीमा उत्पादित फूल राम्रो र ताजा प्रयोग गर्न पाउने भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई रोज्न उनिहरुले आग्रह गरेका छन् । पुष्प व्यवसायी किसानले स्थानीय सरकार र प्रशासनले प्लास्टिकको फूल र माला आयात र बिक्री वितरणमा कडाइ गरे आफूहरुले उत्पादन गरेको फूलले बजार पाउने बताएका छन् । उनीहरूले स्वदेशी उत्पादन रोजेर प्रोत्साहन गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।





