बझाङ।बझाङको वाउलीगाड खोलाको किनारमा चन्द्रगगन आधुनीक बसपार्क निर्माण गरिने भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले बझाङमा आधुनीक बसर्पाक निर्माण गर्न लागेको हो।
बसपार्कको शनिबार एक कार्यक्रमबा बीच जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले सयुक्त रुपमा शिलान्यास गरेका छन । सोही कार्यक्रममा पानकोट कैलास सडक, चैनपुर मयाना सडकको पनि शिलान्यास गरिएको थियो। ३ वटै योजनाको लागत २५ करोड रहेको छ।
२३ रोपनी जग्गामा निर्माण गरिने बसपार्क निर्माणका लागि ५ करोडमा ठेक्का सम्झौता भएको छ । बसपार्कमा पाँच वटा यात्रु प्रतिक्षालय एउटा सटर सहित शौचालय निर्माण गरिने बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष किष्ण बहादुर बिष्टले बताएका छन ।बसपार्क निर्माणको ठेक्का पाएको किनारा निर्माण सेवाका प्रतिनिधि सुर्य बोहराले भन्ने चन्द्रगगन बसपार्क निर्माण तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने बताए ।