धनगढी। बझाङदेखि काठमाण्डौं जादै गरेको बस कपिलबस्तूुमा दुर्घटना भएको छ । ना।६।ख १३३९ नम्बरको बस सडकबाट ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् । बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहको जनाइएको छ ।
उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए। बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ।


