बैतडी। बैतडीको सिगास गाउँपालिकामा एक जना महिला कर्मचारी कुटिएकी छिन । शनिवार जिल्लाको सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार सिगास गाउँपालिका-२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो । शनिवार दिउँसो गाजरी बजारमै सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने केशव धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ ।


