डडेल्धुरा। जिल्लामा दुई वटा गाडीको ब्रेक फेल भएको छ। जिल्लाको कीर्तिपुरमा दुई वटा गाडीको ब्रेक फेल भएको हो। डडेल्धुरा प्रहरीका अनुसार बिहिबार बिहान सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर डिलतिरको पिल्लरमा ठोक्किएको थियो ।
भने आजै बिहान सोही स्थानमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको ट्याक्टरको समेत ब्रेक फेल भएको छ। दुवै सवारी साधन सडकमा रहेकाले भीमदत्त राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सडक सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।


