बझाङ्ग। बझाङ्गमा चट्याङमा परेर २८ बाख्रा मरेका छन्। बझाङ्गको बुङ्गल नगरपालीका १ गोईचनका मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेको हुन्।
स्थानिय उत्तम कुमार थापाका अनुसार बिहीबार दिउँसो बझाङ्गको बुङ्गलमा चट्याङ्ग परेको थियो। बोहराको २८ बाख्रा चट्याङमा परेर मरेकोले क्षती धेरै भएको बताएका छन् । साथै उनले सरकारले क्षतीपुर्तीको ब्यवस्था मिलाउनुपर्ने बताएका छन्।

