कैलाली। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय निर्वाचन अनुगमन उपसमितिका संयोजक नैनसिँह महरले ओली प्रवृत्ति शासनकोअन्त्य गर्नका लागी गठबन्धनको आवश्यकता भएको बताएका छन्। सोमबार लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको कैलालीको गोदावरी धाम तथा आर्यघाट सरसफाई कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
विगतमा उनले ओली प्रवृत्ति शासनका कारण नेपाली जनताले दुख पाएको बताए । त्यसका लागी नेपाललाई संवैधानिक बाटोमालैजानका लागि गठबन्धन आवश्यक रहेको बताए । उनले जनताले विगतका जस्तोे दुःख नपाउन, प्रजातन्त्रका लागी फेरि लड्न नपरोस र संविधान जलाउने गरी संसद विघटन नहोस् भन्नका लागि गठबन्धन गरिएको र अहिले देशलाई पनि त्यसको आवश्यकता रहेको बताए ।
ओली प्रवृत्तिको शासनको पुनरावृत्ति नहोस् भन्नका लागि गठबन्धन आवश्यक रहेको बताउँदै जनताले दुःख नपाउन र देशको संविधान ध्वस्त हुने काम नहुनका लागी निर्वाचन पछि गठबन्धनको सरकारले नेतृत्व तहमा आउने दाबी गरे । उनले अहिले जनता ओली प्रवृत्तिदेखि आक्रोसित भएकाले निर्वाचनपश्चात गठबन्धन दुई तिहाईको बहुमत ल्याएर सरकार निर्माण हसने समेत बताए ।
कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभाका लागि आफ्नो दावेदारी पेश गरेका उनले पार्टीले दिएको टिकटवाला मान्छेलाई नै जिताउन आग्रह गरेका छन्। धेरै जनाको अपेक्षा भएपनि सबैले टिकट पाउने नपाएपनी सबैका चाहनाहरुलाई एक ठाउँमा मिलाएर काम गर्नुपर्ने बताए । आफु पार्टीको कार्यकर्ता भएको नाताले पार्टीका उम्मेदवारलाई जिताउनका लागि लाग्नुपर्ने नैतिक कर्तव्य भएको त्यसका लागि जिताउन लाग्ने बताए।
उनले फरक–फरक उम्मेदवारहरुले फरक–फरक क्षेत्रहरुबाट निर्वाचन लड्नपर्ने बताए । टुरिष्ट शब्दको खण्डन गर्दै उनले निर्वाचन क्षेत्र एउटैमा केन्द्रित भए अर्को क्षेत्रका जनतालाई अन्याय हुने बताए । मन्त्री र प्रधानमन्त्री भएको ठाउँमा मात्रै विकास जाने अर्को ठाउँमा नजाने परिस्थीति रहेकाले ‘नीति निर्माणका तहमा पनि चुनावी क्षेत्र परिवर्तन गरेर लड्ने व्यवस्था नगरुञ्जेल सम्म देशको भौगोलिक समानुपातिक विकास नहुने समेत बताएका छन् । टुरिष्ट शब्द नसक्ने मान्छेले अरु केही नपाएर लगाएको आरोप मात्रै रहेको बताए ।


