बझाङ। बझाङको बसपार्कस्थीत होटलबाटै लागुऔषध चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षीया जगु गिरी पक्राउ परेको प्रहरीले जनाएको छ।
उनको साथबाट ४ सय ६० ग्राम अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थसहित प्रहरीले बरामद गरेको छ। लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

