कैलाली। कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले पनी मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन । पुर्वमन्त्री समेत रहेका भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेका हुन ।भट्ट संगै नेकपा एमाले बाट प्रदेश सभा क मा भिम देउबा र प्रदेश सभा ख मा हरि सिंह साउँद ले उम्मेदवारी दर्ता गरेका छन ।
एमाले बाट प्रदेश सभाका उम्मेद्वार साउँद गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख हुन भने देउवा कैलाली कै गौरिगंगा नगरपालिकाका पुर्व नगरप्रमुख हुन। कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता पछि एमाले सचिव भट्टले जनताले आफूलाई यस पटक पनि जिताउनेछन भन्ने आफूमा आत्मविश्वास रहेको बताएका छन । ‘२०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रका जनताले देशको नीति निर्माण गर्न मलाई जिम्मेवारी दिएका थिए । यस क्षेत्रको विकासको जिम्मेवारी पनि दिएका थिए । मैले त्यसलाई पुरा गर्ने प्रयास गरे । जित्नेमा आफूमा आत्मविश्वास रहेको छ उनले भने।


