धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संग खुल्ला बहस कार्यक्रमको आयोजना गरिने भएको छ। नेपाल ब्रोडकाष्टिङ च्यानल प्रा.लि द्धारा सञ्चालित न्युज २४ टेलिभिजनले यही असोज ६ गते सिधाकुरा मुख्मन्त्री संग नामक खुल्ला बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
टेलिभिजनले बिहीबार धनगढीमा कार्यक्रम सञ्चालन गर्ने छ भने त्यसपछि देशका सातै प्रदेशमा कार्यक्रम गरिने जानकारी दिएको छ । देश संघियतामा गएसंगै प्रदेश सरकारको काम कर्तव्य र उपलब्धीका सवालमा जनस्तरबाटै निराशा र आलोचना बढेको छ।
कार्यक्रमले प्रदेश सरकारको समिक्षा, गएको पाच बर्षमा भएको उपलब्धी, पहिलो कार्यकालमा देखिएका समस्या र समाधानको उपाय खोज्न महत्तवपुर्ण योगदान पुर्याउने विस्वास व्यक्त गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रमुख अतिथी रहने छन भने अन्य सरोकारवालाहरुलाई समेत आमन्त्रण गरिएको छ । यस्तै कार्यक्रम धनगढी रंगशालामा स्थलमा बिहान ८ बजेदेखी सुरु हुने जनाइएको छ ।


