बैतडी। बैतडीको सुर्नया गाउँपालिका ४ की २६ बर्षीया रमिता साउँदको हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन्। रमिताको बिष सेवनबाट मृत्यु भनीएपनी माइती पक्षले हत्या गरेको आरोप लगाएका हुन्। मृतकका बुवा शंकर महराले उनका श्रीमान र सासु मिलेर हत्या गरेको आरोप लगाए। जस्तोसुकै परिस्थीतीको सामाना गर्न सक्ने हिम्मत भएकी उनले आत्महत्या गर्न सक्दिनन्, उनको हत्या भएको हो, उनले भने।
यही साउन १७ गते बिष सेवन गरेकी रमिताको १८ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। माइती पक्षले भने रमितालाई बिष खुवाएको आरोप लगाएको छ। आफूलाई छोरी बिरामी भएको बिषयमा केही जानकारी समेत नदिएको र आफूले अर्कै ठाउँबाट थाहा पाएको महराले बताए। उनले भने, त्यो दिन बिहान फोन गर्दा ज्वाँईले स ठिक छ भने, बिषादी सेवन गरेको कुरा समेत बताएनन्, अन्तैबाट खवर थाहा भयो उनले भने । महराले हत्यामा संलग्न माथी कार्वाहीको माग गरेका छन्।
२०७४ सालमा भगाएर विवाह गरेका प्रकाश साउँदले बेलाबेलामा रमितालाई कुटपिट गर्ने गरेको महराले बताए। मृतकको ८ महिनाको छोरा समेत रहेको बताइएको छ । साउँद सुर्नया गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेका छन् । यो बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले माइती पक्षले हत्याको आशंका गरेपछि घरपरिवारलाई सोधपुछ गर्ने काम भइरहेको बताए। मृतक रमिताका श्रीमान प्रकाश साउँद र उनकी सासुलाई सोधपुछ गर्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।