धनगढी। भारतमा रहेका नेपालीका समस्याका बारेमा छलफल गरिने भएको छ। भारतमा रहेका नेपालीले भोग्दै आइरहेका पिडा तथा काम गर्न लागिका खेपिरहेका समस्याका बारेमा छलफल गरिने जनाइएको हो।
माघ २० गते भारतको राजस्थान परिवार दलका भातृसंगठन नेपाली प्रवासी परिवारको राजस्थान राज्यको नया समितिको घोषणा कार्यक्रम हुने जनाइएको छ। प्रमुख अतिथिको रुपमा सहभागीका रुपमा नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी छन्। नेपाल परिवार दलका प्रदेश सयोजक नागरीले भारतमा नेपालीका पिडा भोग्दै आइरहेका समस्याका बरेमा छलपल गरिने र नया समिति घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए।
कार्यक्रममा परिवार दलकि केन्द्रीय सदस्य बिष्णु बिके, कंचनपुर जिल्लाका जिल्ला अध्यक्ष प्रेम परियार, परिवार दलका भातृसंगठन पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू लगायतका नेताहरुको सहभागीता रहने छ। कार्यक्रम ४ दिनको रहने जनाइएको छ। सयोजक नागरी २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको युवा नेता अजय जैरुले बताएका छन्।


