धनगढी। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको कार्यालयको उद्घाटन गरिएको छ । नेकपा (एकीकृत समाजवादी ) सुदूरपश्चिम संसदीय दलको बोर्ड लगाएर दलका नेता दीर्घ सोडारीले कार्यालयको उद्घाटन गरेका हुन्।
नेकपा एमाले बिभाजन भई बनेको माधब पक्षको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका थिए। सोडारीले २ दिनपछि संसदीय दलको कार्यालयको उद्घाटन गरेका हुन्। प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।
कार्यालयको उद्घाटनमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, प्रदेशसभा सदस्य माया भट्ट, प्रदेशसभा सदस्य दुर्गाकुमारी कामी लगायतको सहभागिता रहेको थियो । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ । एमाले विभाजनपछि गठन भएको उक्त दलमा १४ जना सांसद छन् । हाल नेकपा माओवादी केन्द्र नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सत्तामा छ ।