दार्चुला। दार्चुलापारीका ३ भारतीयले तुइन प्रकरणबारे बोलेको भन्दै एसएसबीले कारबाहीको माग गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले ३ जना भारतीय नागरिकलाई कारवाहीको माग गरेको हो। साउन १५ गते दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती ३ जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका ३ जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो। ती तिनै जना ट्याक्सी चालक रहेको पत्रिकाले जनाएको छ। गस्कु जयकोट क्षेत्र नेपालको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको मालघाट तुइनले जोडिएको छ।
सोमबार प्रकाशित समाचारमा एसएसबीको ११औं बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपी लाई तीन भारतीय गाडी चालकविरुद्ध कारबाही गर्न पत्राचार गरेको लेखिएको छ। साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले अवैध रुपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ। यसअघि पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको बताएका थिए। साउन १६ गते दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाउँदै पिथौरागढका जिल्ला अधिकारीले भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाइएको हुन्। तर उक्त घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय भने एसएसबीले तुइन फकाएकै कारण जयसिंह महाकालीमा बेपत्ता भइको दाबी गरिरहेका छन्।
दार्चुलापारीका ३ भारतीयले तुइन प्रकरणबारे बोलेको भन्दै एसएसबीद्वारा कारबाहीको माग
दार्चुलापारीका ३ भारतीयले तुइन प्रकरणबारे बोलेको भन्दै एसएसबीद्वारा कारबाहीको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

