काठमाडौँ। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो। सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा.बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन भएका हुन्।
पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो। संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो । सांसदहरूले आफ्ना धारणा राखेपछि यादवलाई नेता चयन गरिएको हो ।
जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन
जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

