कञ्चनपुर। कञ्चनपुरमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ का विष्णु राना रहेका छन् । रानालाई शुक्रबार घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले रानालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए । रानालाई कञ्चनपुर जिल्ला अदालतले मंसिर २४ गते एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ पीडितलाई क्षतिपुर्ति दिने फैसला सुनाएको थियो ।
कञ्चनपुरमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

