डडेल्धुरा। डडेल्धुरामा एक जना युवक मृत फेला परेका छन् । जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्। मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए । धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए । शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
डडेल्धुरामा युवक मृत फेला, ब्राउन सुगर खल्तीमा भेटियो
डडेल्धुरामा युवक मृत फेला, ब्राउन सुगर खल्तीमा भेटियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

