धनगढी। धनगढीमा घर भित्रवाट ल्यापटप, मोबाईल र नगद चोरी मुद्दामा फरार रहेका ब्यक्ती पक्राउ परेका छन् । २०७४ माघ १० गते राती धनगढी उप-महानगरपालिका १ बशन्तटोलकी ३५ बर्षिय शान्ति चौधरीको कच्चि घरको भित्ता काटी ल्यापटप, मोबाईल र नगद रुपैया गरी जम्मा १ लाख ४० हजार ६०० मुल्यका सामान चोरी गरेको आरोपमा धनगढी ८ धनगढी गाउका महेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।
घर भित्रवाट सो सामान चोरी गरेको घटनामा संलग्न निज महेश रानालाई तत्कालै प्रहरीले पक्राउ गरी कैलाली जिल्ला अदालतको आदेशले धरौटी तारेखमा छुटेका थिए । मिति २०७६ जेठ १५ गतेको फैसलाले १९ दिन कैद र १ लाख ६ हजार १२३ रुपैया जरिवाना भई फरार रहेकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो धनगढी उप-महानगरपालिका वडा नम्बर ८ बाटै पक्राउ गरी कैलाली जिल्ला अदालतमा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीकालागी कैलाली कारागारमा पठाईएको जनाएको छ ।