धनगढी: कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
भीमदत्त नगरपालिका–९ रामटोलका ५१ वर्षीय देवसिंह कार्की मटेनास्थित रामटोलको सडक छेउमा रहेको कल्भर्ट नजिक मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक रावतका अनुसार कार्कीको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ।
उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले भने हत्या भएको हुन सक्ने बताएका छन् । घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने परिवारको माग छ ।


