धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट नगदसहित १४ जना जुवाडे पक्राउ परेका छन्।
गेटा बराचोकस्थित रमेश होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार होटल सञ्चालकसमेत रहेका स्थानीय २८ वर्षीय रमेश रानासहित १४ जनालाई पक्राउ गरिएको हो।
प्रहरी टोलीले उनीहरूको साथबाट नगद ६८ हजार ६१० रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


