धनगढी: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कैलाली क्षेत्र नम्बर ५ (ख) को आयोजनामा धनगढीस्थित पार्कमोडमा रक्तदान कार्यक्रम गरिएको हो।
कैलाली क्षेत्र नम्बर ५ (ख) का संयोजक तेजु रोकायाको संयोजकत्वमा आयोजित कार्यक्रममा ६० देखि ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, समाजसेवी र रक्तदाताहरूको उपस्थिति थियो।
रेडक्रसको सहयोगमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य युवालाई सामाजिक सेवामा जोड्नुका साथै मानवीय उत्तरदायित्व अभिवृद्धि गर्नु हो।


