धनगढीः कैलालीको धनगढीबाट ९ लाख बढीको भन्सार छलीका अवैध सामानसहित गोदावारीका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१ एल. एन. चोक स्थित गोदावारी नगरपालिका–६ बस्ने ३३ वर्षीय सुरेश चौधरी पक्राउ परेका हुन्। चौधरीले चलाएको सु.प.प्र.०१००१ च ३०२३ नम्वरको पिकअप जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ९ लाख ६८ हजार ७६९ बराबरको सुर्ति, किराना, जिप सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी कञ्चनपुरको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ६९ हजार ५१५ बराबरको पेय पदार्थ, खाने तेल, बिडी, सुर्ति, नमकिन, विउ विजन लगायतका सामान बरामद गरिएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


