धनगढी । धनगढीमा इभी हाइसले गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा डडेल्धुरातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५३० नम्बरको इभी हाइसले सडक पार गरिरहेको सुपप्र ०१–००९ प ९५१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन ।
घाइते हुनेमा मोटरसाइकल चालक धनगढी–१३ का ३३ वर्षीय कैलाश पन्त, मोटरसाइकलको पछाडि सवार पन्तका आठ वर्षीय छोरा दिवश पन्त र १६ वर्षीय ओमकार भट्ट रहेका छन ।
घाइते तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले इभी हाइस र चालकलाई नियन्त्रणमा लिएको छ।


