धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। अधिवेशन भोलि धनगढीमा आयोजना हुने भएको हो।
अधिवेशनको तयारी पूरा भइसकेको जानकारी संयोजक यज्ञराज उपाध्यायले पत्रकार सम्मेलनमार्फत दिएका हुन्। उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको चयन प्रक्रिया पनि सम्पन्न भइसकेको छ।
संयोजक उपाध्यायले वडा अधिवेशन हुँदै नगर अधिवेशनसमेत सम्पन्न गरिसकिएको जानकारी दिँदै क्षेत्रीय अधिवेशनमा सहभागी हुने सबै प्रतिनिधि चयन भइसकेको बताए। क्षेत्र नं। ५ को क्षेत्रीय अधिवेशनमा कुल ७०३ जना प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए।
वडा र नगर अधिवेशन सम्पन्न भएसँगै कांग्रेस कैलाली क्षेत्र नं। ५ मा क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणबाट अघि बढेर पूरा भएको हो। भोलि हुने अधिवेशनले क्षेत्रीय तहको नेतृत्व चयनसहित पार्टीको आन्तरिक संगठनात्मक प्रक्रियालाई अघि बढाउनेछ।


