धनगढी । धनगढीमा प्रहरीले साढे ५ ग्रामभन्दा बढी लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट बुधबार बेलुकी ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय अभिषेक राना पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर रानालाई चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर फेला पारेको जनाएको छ।
पक्राउ परेका रानालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


