धनगढी । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा आफैं उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी हिरासिंह महराको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा गाँजाका बोट फडानी गरेको हो ।
प्रहरीका अनुसार अत्तरिया–महेन्द्रनगर सडकखण्डको छेउमा रहेको खाली ९बाँझो० जमिनमा आफैं उम्रिएका करिब १५० देखि २०० वटा गाँजाका बोट फेला परेका थिए। ती बोटहरू फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

