काठमाडौं: बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको ब्यारेकमा एक जना हवल्दार मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा कैलालीको गौरीगङ्गा नगरपालिका–५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल रहेका छन्। प्रहरीका अनुसार उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

