धनगढी । कैलालीमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा रहेका छन्। महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

