धनगढी । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका सामान सहित बोइलर कुखुरा बरामद गरेको छ। आइतबार बेलौरी नगरपालिका–१ फटिया सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको सुर्तीजन्य पदार्थ तथा किराना सामान बरामद गरेको हो।म २ प २५३ नम्बरको मोटरसाइकल सहित बरामद गरिएका सामानको अनुमानित मूल्य रु। १ लाख ९८ हजार ४५ रहेको छ। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ।
यस्तै, पुनर्वास नगरपालिका–४ स्थित आईबीआरडी बजार क्षेत्रमा बिओपी पुनर्वासबाट मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २३० केजी प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ । बरामद गरिएको कुखुराको अनुमानित मूल्य रु। ६९ हजार रहेको प्रहरीले जनाएको छ।
कुखुरा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीहरूको रोहवरमा हिमचुली सामुदायिक वनभित्र खाल्डो खनी नष्ट गरिएको छ । फटैया सहित जिल्लाका दक्षिणी सीमाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा तस्करी मार्फत समानहरू नेपालमा भित्री रहेको छ ।

