धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीचभागमा फसेका ११ जनाको सशस्त्र प्रहरी बलको टोलीले शनिबार सकुशल उद्धार गरेको छ।
स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका बेला तटबन्ध निर्माणका लागि बाँधिएको अस्थायी बाँध फुटेपछि नदीको बहाव बढ्दा उनीहरू बीचभागमै फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। ३६ गण डोटीबाट खटिएको उद्धार टोलीले रबर बोटको प्रयोग गरी सबै ११ जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो।
उद्धार गरिएकामा दिपायल सिलगढी–२ का ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया संजा श्रेष्ठ, ३८ वर्षीय दीपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत रहेका छन्। सशस्त्र प्रहरीले सबैको सकुशल उद्धार गरिएको जनाएको छ।

