धनगढी । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार विधामा अध्यापन सुरु गरिने भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णीय वाग्लेले उक्त विश्वविद्यालयमा चार विधाका कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन् ।
शैक्षिक सत्र २०८३/०८४ बाटै चार वटै विधाको कार्यक्रम सुरुवात गरिने अर्थमन्त्री वाग्लेले बताए ।


