धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याकंर इकाई कमिटी धनगढीको अध्यक्षमा पुनः पुस्कर गुरुङ सर्वसम्मत चयन भएका छन् । धनगढीमा आज सम्पन्न संगठनको छैटौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपक बोहरा, सचिवमा हरिस देउवा, सहसचिवमा टिका साउद तथा कोषाध्यक्षमा रामचन्द्र चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सन्तोष बडायक, महेस बडायक, नेत्रदेव बोहरा, प्रमोद देउवा, बिरु चौधरी, शंकर सिंह घटाल, प्रेम बोहरा र गोपाल बडायक चयन भएका छन् ।
अधिवेशनले लाल बहादुर महराको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरूमा करण साउद, गङ्गा ठकुराठी, दिपक देउवा, टेक बहादुर देउवा र राम सिंह बोहरा रहेका छन् ।

अधिवेशनको उद्घाटन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले यातायात मजदुरहरूको हकहित, श्रम अधिकार, सामाजिक सुरक्षा तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनका विषयमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष गुरुङले मजदुरहरूको अधिकार सुनिश्चित गर्न संगठनलाई अझ सक्रिय र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै ट्यान्कर क्षेत्रमा कार्यरत मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन तथा श्रमिकमैत्री वातावरण निर्माणका लागि पहल गर्ने बताएका छन् ।


