धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी टुक्कीबजारस्थित कर्णाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बुधबार साँझ अन्दाजी ५५–५६ वर्षका जस्तो देखिने नामथर तथा वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


