धनगढी । “गाउँ–गाउँ पुगौं, राष्ट्र बुझौं” भन्ने मूल नारासहित ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ धनगढी पुगेका छन् । चैत ५ गते बुद्ध जन्मिएको पवित्र भूमि लुम्बिनीबाट यात्राको औपचारिक सुरुवात गरेका अभियानका अभियन्ता मदन के सी चैतन्य पाठशाला धनगढीमा आईपुगेका छन् ।
नेपाललाई नक्साबाट मात्र होइन, प्रत्यक्ष पैदल यात्रा गरेर बुझ्ने उद्देश्य सहित नेपाल केवल भौगोलिक देश नभई इतिहास, संस्कृति, संघर्ष र आशाको संगम भएकाले गाउँ–गाउँ पुगेर वास्तविक अवस्था बुझ्ने लक्ष्य अभियन्ता मदन के सीमा रहेको हुदाँ उनको भियान लाई समर्थन गरेको चैतन्य पाठशाला धनगढीका प्रमुख गणेश प्रसाद जोशीले जानकारी दिए ।
पाँच वर्षसम्म सञ्चालन हुने यस पदयात्रामा हिमाल, पहाड र तराईका दुर्गमदेखि सुगम क्षेत्रसम्म पुगेर जनताको आवाज संकलन गरिने अभियन्ता मदन के सी ले बताए । उनले स्थानीय समस्या, सम्भावना र सपना अभिलेखीकरण गरिने अभियानको योजना रहेको बताए ।


